पोखरा । एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।
‘बैठक बस्र छलफल हुन्छ, सहमतिमा हाम्रा एजेन्डा सार्वजनिक गर्छौँ,’ सचिव गणेशबहादुर थापाले भने, ‘एकै मुख बनाएर हामी संघर्ष गर्छौँ ।’
अहिले लेकसाइडमा सभापतिहरूको बैठक बसिरहेको छ । बैठकले केन्द्रलाई दबाब दिने, नभए अर्को उम्मेदवार उठाएर जाने थापाले बताए । सकेसम्म रुख चिन्हबाटै चुनाव लड्न लगाउने अर्को विकल्पबारे पनि छलफल भइरहेको बताइएको छ ।
प्रतिक्रिया