काठमाडौं । सत्ता गठबन्धनको बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सधैँको भन्दा अलि फरक थियो । बैठकमा सधैँ सहभागी हुने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बस्ने ठाँउमा थिए, सो पार्टीका सम्मानित नेता झलनाथ खनाल ।
बैठकको मुख्य एजेण्डा थियो आगामी चुनावमा गठबन्धन कसरी गरेर अगाडि बढ्ने । तर, बैठक गठबन्धनको एजेण्डा छोडेर भारत भ्रमणतर्फ मोडियो । उक्त बैठकमा खनाल लगायतका नेताहरुले भारत भ्रमण बारे जिज्ञासा राखि रहे । तर, प्रधानमन्त्री देउवा त्यसमा केही बोलेनन् । मुन्टो हल्लाईरहे ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए । उनीहरु सोधीरहे, प्रधानमन्त्रीले मुन्टो हल्लाई रहे ।
बैठक स्रोतका अनुसार त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भू–भागबारे नेपालको मत राख्न सुझाएका थिए । (प्रवुद्ध) समूह ईपीजीको प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग संवाद गर्न नेताहरुले सुझावा दिएका थिए ।
प्रतिक्रिया