दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले एक महिनाको अवधिमा चोरिएका ११ वटा मोटरसाइकल बरामद गरेको छ । केही समयअघि मात्रै दोलखा सरुवा भएर आएका प्रहरी प्रमुख गंगा पौडेलको सक्रियतामा प्रहरीले बिना कागजातका मोटरसाइकल बरामद गरेको हो । प्रहरी प्रमुख डिएसपी पौडेलले जिल्लामा मोटरसाइकल चोरिको घटना बढेकाले अप्रेशन क्याट अन्तर्गत रहेर एक महिनादेखि गरिएको प्रहरी कारबाहीमा चोरिका मोटरसाइकल बरामद गर्न सफल भएको बताए । चोरिमा बरामद भएका अधिकाश मोटरसाइकल बजाज कम्पनीमा रहेको डिएसपी पौडेलले जानकारी दिए ।
बरामद भएका मोटर साइकलहरुमा ३० लटदेखि प्रदेशको ००६ लटसम्मका १५० सिसिका पल्सर, २२० सिसिका पल्सर र एनएस २०० पल्सर रहेका छन । फेला परेका मध्ये ४ वटा मोटरसाइकल वास्तविक नम्बर खुलेको छ । नम्बर खुलेका मध्ये सवारी धनि रिन्छेन शेर्पाको प्रदेश ३–०२–००६ प ७२६० नम्बरको मोटरसाइकलका गएको मंसिर १६ गते चाबेल गोपिकृष्ण नजिकबाट हराएको थियो । त्यस्तै अर्को सवारी धनी रबिन क्षेत्रिको प्रदेश ०३–०२–००३ प ५१०१ नम्बरको मोटरसाइकल २०७६ साल मसिंर २३ गते काठमाडौंको पेप्सिकोलाबाट हराएको थियो । सो मोटरसाइकलको सवारी धनीलाई सम्पर्क गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
त्यस्तै से ४ प १३६३ नम्बरको मोटरसाइकल काभ्रेपलान्चोक पठाइएको प्रहरीले जानकारी दिएको छ । अर्का सवारी धनी प्रज्वल परियारको बा ५६ प ९४४३ नम्बरको मोटरसाइकल गत बैशाख १५ गते काठमाडौ बत्तिसपुतलीबार हराएको थियो । सो मोटरसाइकलको पनि सवारी धनीलाई सम्पर्क गर्ने कार्य भइरहेको र अन्य सवारी साधनको पनि वास्तविक खोजि भइरहेको प्रहरीले बताएको छ ।
कतिपय मोटरसाइकल पास गरिदिन्छु भनेर सस्तोमा पाइएकाले चोरिको मोटरसाइकल किनेर चलाएको पाइएको डिएसपी पौडेलले बताए । डिएसपी पौडेलले सवारी धनी र बिलबुक प्रष्ट नभएका सवारीसाधन खरिद नगर्नका लागि सार्वजनिक अपिल गरेका छन । नम्बर नखुलेका मोटरसाइकलहरु राजधानी लगायतका जिल्लामा विभिन्न अपराधमा सम्लग्न भएको हुन सक्ने प्रहरिको आशंका छ ।
प्रतिक्रिया