पर्सा । मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउपालिका– १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रमबीच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पर्सा राष्ट्रिय निकुञ्जसँग भाथाधामको पर्यटकीय विकासको लागि आवश्यक सम्पूर्ण पूर्वाधार विकासको जिम्मा प्रदेश सरकारको रहेको बताए । कार्यक्रममा उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र विकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरेका थिए ।
अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, संघीय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा केन्द्रिय सदस्य मोहनलाल चौधरी, प्रदेश सदस्य गौरीशंकर साह, दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, युवा नेता शिव कुमारलागी, रामदेनी यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया