हाम्राे सरकारले गरेको काम देखेर दुनियाँ चकित छ : ओली

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परेको बताएका छन् । इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले विकासका सम्बन्धमा सोच्न, छलफल गर्ने, योजना बनाउने र देशलाई विकासको बाटोमा अगाडि बढाउने पार्टी भएको बताए । उनले एमालेले समय पार्टी नभएको पनि उनको भनाइ थियो । तीन वर्षमा देशको विकास गर्न सकिने रहेछ भन्ने अवस्थामा पुर्‍याएको उनको जिकिर थियो ।

‘विश्व बैंकले नेपाललाई उदाउँदो सूर्यको रूपमा चित्रण गरेको छ । विश्वमा तीव्र ढंगले आर्थिक विकास गर्ने १० वटा देशमध्ये नेपाल एउटा देशका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा हामीले गरेको विकासलाई युनेस्कोले प्रशंसाका गरेको छ । स्वास्थ्य क्षेत्रमा हामीले गरेको विकास, कोभिड-१९ मा हामीले जनताको जीउधनको रक्षा गरेको कुरालाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ । नेकपा एमाले बाटाहरूको, बिजुलीको पुलहरूको, हवाइ विस्तारको, जल यातायातको, रेल यातायात, आधुनिकीकरणको, सञ्चार आदि क्षेत्रमा गरेको विकासलाई लिएर दुनियाँ चकित परेको छ । तीन वर्षको छोटो समयमा यति धेरै काम गर्न सकिन्छ ?’ उनले भने ।

प्रतिक्रिया