कोलम्बस, २२ कात्तिक । अमेरिकी राष्ट्रपतिको आगामी कार्यकालका लागि मंगलबार निर्वाचन हुादै छ । प्रक्रियाअनुसार डेमोक्रयाट राष्ट्रपति बाराक ओबामा र उनका रिपब्लिकन प्रतिद्वन्द्वी मिट रोम्नी दुवैले सोमबार सााझदेखि प्रचार–प्रसारको अभियान स्थगन गरिसकेका छन् । निर्वाचन प्रचार–प्रसार अभियानको अन्तिम दिन सोमबार पनि उनीहरूले आफू विजयी हुने दाबी गरे ।
दुवै उम्मेदवार विश्वको सबैभन्दा शक्तिशाली मानिने अमेरिकी राष्ट्रपति पदका लागि बराबरीको संघर्षमा देखिएको एजेन्सीहरूले जनाएका छन् । निर्वाचनका सर्वेक्षणहरूले पनि दुवैलाई एकै हैसियतमा मत प्राप्त हुने परिणाम देखाइरहेका छन् ।
दुवै उम्मेदवारले निर्वाचनको विज्ञापनमा अर्बा अमेरिकी डलर खर्च गरेर देशव्यापी रूपमा मतदातालाई प्रभावित बनाउने प्रयास गरेको बताइएको छ । यो क्रममा आगामी कार्यकालको निर्वाचनका लागि निकै गहन बहस पनि भएका थिए ।
यस निर्वाचनमा राष्ट्रपति ओबामाको तर्फबाट पूर्वराष्ट्रपति बिल क्लिन्टन देखापरेका छन् । उनी ओबामाका लागि विभिन्न सभामा पनि उपस्थित भएका थिए ।
हालका अभिमत सर्वेक्षणहरूमा दुवै उम्मेदवार बराबर लोकप्रिय रहेको देखिएको छ । एबिसी न्युज/वासिंगटन पोस्टले हालै गरेको अभिमत सर्वेक्षणमा दुवै उम्मेदवारलाई ४८ प्रतिशत मतदाताले समर्थन गरेको देखिएको छ ।
त्यसैगरी, अन्य भरपर्दा केही संघसंस्थाका सर्वेक्षणले पनि दुवै उम्मेदवारको अवस्था एकै खालको देखाएका छन् । सिएनएन/ओआरसी अभिमत सर्वेक्षणमा दुवैको अवस्था ४९ प्रतिशतसम्म रहेको देखिएको छ ।
सुरु–सुरुमा राष्ट्रपति ओबामाको पक्षमा बढी मत देखिएको भए पनि पछिल्लो समयमा दुवैको अवस्था एकै खालको देखाएकाले पनि मंगलबारको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ ।
अर्कोतिर वाल स्ट्रिट जर्नल तथा एनबिसी न्युजले गरेको अभिमत सर्वेक्षणमा ओबामाप्रति ४८ प्रतिशत मतदाताको समर्थन रहेको र रोम्नीप्रति ४७ प्रतिशतको समर्थन रहेको देखिएको छ । उक्त सर्वेक्षणमा पनि खासै त्यस्तो भिन्नता नरहेकाले पनि निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।
प्यु पोलले ओबामालाई ४८ प्रतिशत मतदाताको समर्थन रहेको र रोम्नीलाई ४५ प्रतिशतको समर्थन रहेको देखाएको छ । मंगलबारको उक्त निर्वाचनलाई अमेरिकी जनता र विश्वले पनि निकै चासोका साथ हेरेको पनि समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिको आगामी कार्यकाल सन् २०१३ देखि आरम्भ हुनेछ । राष्ट्रपति ओबामा डेमोक्रयाटिक पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि निर्वाचनमा लड्दै छन् । एजेन्सी
प्रतिक्रिया