लिभिङ टुगेदर : सकारात्मक कि नकारात्मक ?

राम तामाङ

लिभिङ टुगेदरले नकारात्मक प्रभाव पनि पार्दछ । लिभिङ टुगेदरमा बसेर बच्चा जन्माइसकेपछि पुरुषले जिम्मेवारी नलिएको खण्डमा त्यसको जिम्मेवार को हुने ? एक जनासँग विवाह भइसकेको व्यक्ति अर्काेसँग लिभिङ टुगेदरमा बसेमा के गर्ने ? यसको असर लिभिङ टुगेदरमा बसेका पुरुष वा महिलासँग जोडिएका व्यक्ति र परिवारसम्म पर्न जान्छ । विश्वका विकसित मुलुकहरूमा लिभिङ टुगेदर सामान्य भए पनि यसको प्रभाव र असरलाई कानुनको व्यवस्थाभित्र व्याख्या गरिएको छैन ।

लिभिङ टुगेदर शब्दसँग नेपालीहरू त्यति परिचित त भइसकेका छैनन् । तर, यसले धेरै नेपालीलाई प्रभाव पारेको देख्न सकिन्छ । नेपालमा लिभिङ टुगेदरको छिटफुट घटना सुन्न पाइए पनि विदेशमा अधिकांश नेपालीहरू लिभिङ टुगेदरमा बस्ने गरेको जगजाहेर नै छ । के हो त लिभिङ टुगेदर ? सामान्य परिभाषामा लिभिङ टुगेदर भन्नाले वैवाहिक बन्धनमा नबाँधिई जोडी जसरी नै सँगै बस्नु हो । यसले कस्तो प्रभाव पार्ला त, हामी त्यसकै बारेमा चर्चा गर्नेछौँ ।

लिभिङ टुगेदरका बारेमा पश्चिमा विकसित मुलुक र दक्षिण एसियाली मुलुकमा भिन्न सोच र विचार रहेको छ । पश्चिमा संस्कृतिमा लिभिङ टुगेदर एक सामान्य प्रक्रिया बनिसकेको छ । दक्षिण एसियाली संस्कृतिले यसलाई अझै स्वीकार गरिसकेको छैन । तर किन ? सूक्ष्म दृष्टिले यसलाई केलाउने हो भने लिभिङ टुगेदरमा बस्नु अधिकांश फाइदाजनक नै रहेको देख्न सकिन्छ । तर, यसका खराब पक्षलाई भने नकार्न सकिँदैन ।

विश्वले विज्ञान प्रविधि र शिक्षामा धेरै फड्को मारिसकेको छ । परापूर्व कालदेखि नै पुरुष र महिला बीचको असमानताका विरुद्ध १९औँ शताब्दीदेखि नै पश्चिमा मुलुकका महिलाहरूले विरोध गर्दै आवाज उठाउन थालेका थिए । महिला र पुरुष एकै हो भन्ने धारणा अहिले पश्चिमा मुलुकमा विकास भइसकेको छ । यसकै फलस्वरूप पुरुष र महिला स“गै बस्नका लागि, यौन सम्बन्ध कायम गर्नका लागि विवाह नै गर्नुपर्छ भन्ने धारणाबाट माथि उठ्दै पछिल्ला केही दशकदेखि लिभिङ टुगेदरको संस्कृति पनि विकास भएको पाइन्छ ।

वैवाहिक बन्धनमा बाँधिएर घर व्यवहार सम्हाल्नुपर्ने, श्रीमान्को परिवारको सेवा गर्नुपर्ने, श्रीमान्को अधिनमा बस्नुपर्ने, आपूmले चाहेको वा इच्छाएको गर्न नपाउने, इच्छा नहुँदा पनि यौन सम्पर्कका लागि तयार हुनुपर्ने, पुरुष हिंसाको सिकार हुनुपर्नेजस्ता कारणलाई औँल्याउने गरेका छन् । हिंसाबाट मुक्त भएर आफूले जसरी चाह्यो त्यसै अनुरूप जीवन जिउन पछिल्लो समय महिलाहरू लिभिङ टुगेदरमा बस्न रुचाउन थालेका छन् । एक प्रकारले मूल्यांकन गर्ने हो भने यो गलत मान्न सकिँदैन ।

विवाह बन्धनमा बाँधिएर आफ्नो जीवनलाई सीमित बनाउन कसैले पनि चाहँदैन । यसकै फलस्वरूप शिक्षित र पुरुषप्रधान विचारबाट मुक्त समाजमा लिभिङ टुगेदरलाई सामान्य लिन थालिएको छ । यसरी लिभिङ टुगेदरमा बस्दा महिलाहरू आपूmलाई स्वतन्त्र महसुस गर्ने गरेका छन् भने पुरुषहरू जिम्मेवारबाट मुक्त भएको ठान्दछन् । पुरुष र महिला दुबैका लागि लिभिङ टुगेदर एकप्रकारले सकारात्मक र फाइदाजनक सावित भएको छ । महिलाले आपूmलाई अझ स्वतन्त्र भएको महसुस गर्दछन् ।

लिभिङ टुगेदरले नकारात्मक प्रभाव पनि पार्दछ । लिभिङ टुगेदरमा बसेर बच्चा जन्माइसकेपछि पुरुषले जिम्मेवारी नलिएको खण्डमा त्यसको जिम्मेवार को हुने ? एक जनासँग विवाह भइसकेको व्यक्ति अर्काेसँग लिभिङ टुगेदरमा बसेमा के गर्ने ? यसको असर लिभिङ टुगेदरमा बसेका पुरुष वा महिलासँग जोडिएका व्यक्ति र परिवारसम्म पर्न जान्छ । विश्वका विकसित मुलुकहरूमा लिभिङ टुगेदर सामान्य भए पनि यसको प्रभाव र असरलाई कानुनको व्यवस्थाभित्र व्याख्या गरिएको छैन ।

पश्चिमा मुलुकहरू आर्थिक रूपमा सबल छन् । पुरुषप्रधान विचारबाट मुक्त भएको पश्चिमा संस्कृतिमा वृद्ध, बालबच्चाको हेरचाहको लागि सरकारले त्यस्तै किसिमको व्यवस्था गरेको पाइन्छ । युवायुवतीहरू लिभिङ टुगेदरमा बस्ने, बाबुआमाको घर छाडेर बस्ने जस्ता सामाजिक प्रक्रियाहरू सामान्य मानिन्छन् । समाज खुला र फराकिलो बनेको पाइन्छ ।

तर, नेपालको सन्दर्भमा समाजमा अझै पनि पुरुषप्रधान सोच हावी छ । महिलाले घरको काम सम्हाल्नुपर्ने र पुरुष बाहिरी काममा हिँड्ने गरेको देख्न सकिन्छ । पछिल्लो समय महिलाहरू पनि बाहिरी काममा संलग्न भएको देखिएता पनि अझै पनि अधिकांश महिला घरमै बन्धित भएका छन् । महिलाहरूले आपूmले चाहेको तरिकाले बाँच्न सक्ने स्थिति छैन ।

विवाह भएर पुरुषको घर सम्हाल्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा लिभिङ टुगेदरलाई हेर्ने नजरिया कस्तो होला ? महिला घरबाट एक दिन बाहिर बस्दा त गलत सोच्ने यो समाजमा लिभिङ टुगेदर अपाच्य देखिन्छ । महिलालाई समान ठान्ने पुरुषले र आपूmलाई स्वतन्त्र ठान्ने महिलाले लिभिङ टुगेदरलाई गलत ठान्न सक्दैनन् पनि । तर नेपालजस्तो पुरातन सोच र रुढीवादी परम्पराले चलेको तथा बहुपरिवारको संस्कृति भएको मुलुकले यसलाई पचाउन अझै वर्षौं लाग्ने देखिन्छ ।

बिदेसिएका नेपालीहरूले भने लिभिङ टुगेदरलाई सहजै लिएका छन् । जापान, अस्ट्रेलिया, बेलायत तथा अमेरिकामा जाने नेपालीहरूको तथ्यांक हेर्ने हो भने अधिकाशं युवा युवतीहरू लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । यसरी लिभिङ टुगेदरमा बस्नेमा अधिकांश विद्यार्थीहरू रहेका छन् । विदेशमा बस्ने नेपालीहरूका लागि भने लिभिङ टुगेदर बाध्यता बन्न पुगेको छ । आम्दानी कम हुने, बस्नका लागि खर्च व्यवस्थापन गर्नुपर्ने, विदेशी भूमिमा एक्लै बस्न सक्ने अवस्था नहुने, विदेशीको हेपाहा प्रवृत्तिको सामना गर्नुपर्ने स्थितिलाई मध्यनजर गर्दै अधिकाशं नेपालीहरू विदेशमा लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । तर नेपालभित्रै पनि कम छैन ।

अध्ययनका निम्ति होस् वा रोजगारी, पछिल्लो समय अधिकांश युवाको रोजाइ बन्दैछ सहर । त्यसमा पनि मुख्य गन्तव्य बनेको छ– काठमाण्डु, पोखरा, धरान, धनगढी, विराटनगर, नेपालगञ्जलगायत प्रमुख सहर । दुर्गमका गाउँमा शिक्षा, स्वास्थ्य लगायत पर्याप्त सेवा सुविधा उपलब्ध छैनन् । त्यसो हुँदा युवायुवतीहरू राम्रो पढ्ने, र सफल व्यक्ति बन्ने सपना र लक्ष्य बोकेर सहर तानिन्छन् । आर्थिक अवस्था कमजोर तथा बढ्दो महँगीका कारण गाउँबाट सहर छिरेका युवा युवतीहरू लुकिछिपी लिभिङ टुगेदरमा बस्न बाध्य हुन्छन् । कोही भने खुलेआम त्यसरी बसेका भेटिन्छन् ।

जानेर होस् या नजानेर कलेज पढ्नेदेखि रोजगारी गर्न सहर पस्नेहरूसम्म लिभिङ टुगेदरमा रमाइरहेका छन् । अझ भनौँ प्रेममा परेका युवा युवतीहरू बढी लिभिङ टुगेदरमा रमाइरहेका छन् । जसमा २० वर्षभन्दा कम उमेरका भेटिन्छन् । हाम्रो नेपाली समाजले लिभिङ टुगेदरलाई हालसम्म कानुनी मान्यता दिएको छैन । यससम्बन्धी घटनालाई घरेलु हिंसामै राखिएको छ । पुरुषप्रधान देशमा समाजका डरका कारणले लुकीछिपी यस्ता सम्बन्धमा बस्ने अधिकांश किशोर–किशोरी रहेको पाइन्छ । तथापी मौलाउँदो पश्चिमा संस्कृतिका कारण पछिल्लो समय किशोरकिशोरी र अविवाहित मात्रै होइन, विवाहितसमेत यस सम्बन्धमा बस्ने गरेका छन् ।

लिभिङ टुगेदरसँगै युवा युवतीबीच सम्बन्ध विस्तारको क्रम पनि बढ्दो छ । यसका सकारात्मक फाइदा र नकारात्मक असर दुबै छन् । यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ । नेपालमा सहजताभन्दा शारिरीक सम्बन्ध, भावनात्मक धोका र अपराधलाई बढी लिभिङ टुगेदरले निम्तो दिइरहेको छ । पछिल्लो समय लिभिङ टुगेदर बस्ने ट्रेन्ड जति बढ्दै गएको छ, त्यति नै समस्याहरू पनि बढ्दै गएका छन् । हतारमा बिहे गर्नुभन्दा एक–अर्काको व्यवहार बुझेर मात्र विवाह गर्ने उद्देश्यले टिभिङ टुगेदर बस्ने ट्रेन्ड बढिरहेको छ, तर दुर्भाग्यवश ! यस्ता सम्बन्धहरू निकै कम मात्र विवाहमा परिणत हुने गरेका छन् ।

आजभोलि नेपालीमा स्वतन्त्र र अंग्रेजीमा फ्रिडम भन्ने शब्द खुब प्रख्यात छ । अर्थात आफ्नो शरीरको अधिकार आफैसँग छ । कुनै महिलाको कुनै पुरुषसँग कतै, कुनै पनि बेला यौन सम्पर्क रहन सक्छ, हाल यो सामान्य कुरा भइसकेको छ । लिभिङ टुगेदरमा बसेका युवतीहरू घरेलु हिंसाको सिकार बनेको प्रशस्तै पाइन्छ । प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेका युवतीहरूमाथि कुटपिट, गाली–गलौज मात्र होइन, यौनजन्य हिंसा पनि हुने गरेको छ । नेपाली समाजमा लुकाउनुपर्ने सम्बन्ध भएका कारण यस्ता घटनामा पीडितमध्ये कति त प्रहरीसम्मै पुग्दैनन् । केही पुगिहाले पनि आफ्ना प्रेमीलाई श्रीमानका रूपमा प्रस्तुत गरेर उसले आफूमाथि घरेलु हिंसा गर्ने गरेको उजुरी प्रहरीलाई दिन्छन् ।

लिभिङ टुगेदरमा रहँदाको अश्लील भिडियो बनाउने र पछि त्यसैलाई हतियार बनाएर ब्लाकमेलिङ अनि चरित्रहत्या गरिएका घटना पनि प्रहरीकहाँ प्रशस्तै छन् । लिभिङ टुगेदरमा रहने महिलाहरूको पीडा घरेलु तथा यौनजन्य हिंसामा मात्र सीमित छैन । नेपालमा गैरकानुनी र अवैध मानिने लिभिङ टुगेदर रिलेसनका कारण आत्महत्या र हत्यासम्मका घटनासमेत भएका छन् । यसबाहेक पुरुषले सन्तान स्वीकार नगर्ने, सन्तान छाडेर भाग्ने, पटकपटक गर्भपतन गर्न लगाएपछि विवाह नगरी छाड्नेजस्ता समस्याको सिकार पनि महिलाहरू नै हुने गरेका छन् ।

नेपालीमा एउटा उखान छ, मिल्दा चाट्ने, नमिल्दा फाट्ने । यही उखानको चरितार्थ गर्दैछ आजकलका युवा युवतीको उन्मुक्त अधुरो प्रेमको परिणामले । प्रेमले पूर्णता नपाउँदै शारीरिक सम्बन्धमा हतारिने युवा युवतीको भविष्य अन्धकार मात्र हुने गरको छैन, समाजमा नराम्रो छापसमेत पर्न थालेको छ । सहमतिमा हुने शारीरिक सम्बन्धले असमझदारी वा विवाद भए बलात्कारको रूप लिने गरेको पाइन्छ ।

प्रतिक्रिया