काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिनामा उनले पहिलोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताए । साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।
अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने देउवाले बताए । त्यस्तै उनले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाण्डु उपत्यका ल्याउने बताए । प्रधानमन्त्री देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडाैं आउने बताएका हुन् ।
प्रतिक्रिया