भारतमा जन्म, कर्मथलो नेपाल

पुख्र्यौली घर दोलखा भए पनि भारतको अरुणाञ्चलमा जन्मिएकी नेहा खड्का कला क्षेत्रमा छाउँदै छिन् । भारतमा जन्मे पनि आफू नेपाली भएकाले आफ्नो कर्मथलो पनि नेपालै हुनुपर्छ भन्ने सोचाइकी यी सुन्दरी हाल काडमाडौंबाट नै कलाकारितालाई अगाडि बढाइरहेकी छन् ।
कलाकरितका क्रममा दर्जन बढी मम्युजिक भिडियो र केही विज्ञापनमा समेत अभिनय गरेकी नेहाले प्रहरी अनुरोधका केही शृंखलालगायत आधा दर्जनजति टेलिशृंखलामा पनि अभिनय गरिसकेकी छन् । मायाको बन्धन धर्मयुद्ध लगाएत केही चत्रलचित्रमा समेत अभिनय गरेकी नेहा आफूले अभिनय गरेको चलचित्र प्रर्दशनमा आयपछि आफ्नो चर्चा हुने बताउँछिन्
सफल र सभ्य नायिका बन्ने उद्देश्य लिएकी नेहाको लक्ष्य भने स्वयंसेविका बन्ने रहेको छ । जन्म र मृत्युको संगम नै जीवन हो भन्ने
नेहालाई मोडलिङमा लाग्न उनको उचाइले पनि साथ दिएको छ ।
ग्ल्यामर न त शारीरिक खुला प्रदर्शन हो न कुनै बोलीचाली मात्र हुने भन्ने नेहा ग्ल्यामर भन्ने चिज महसुस गर्न मात्र सकिने धारणा पोख्छिन् । आफ्नो सम्पूर्ण अंग नै सेक्सी भएको बताउने यी सुन्दरीका आँखा निकै मोहक छन् । हल्का र कलर फुल ड्रेसमा रमाउने यी सुन्दरी आफूलाई वान पिस बढी सुहाउने बताउँछिन् ।
शब्द /तस्बिर : ज्ञानेन्द्र कार्की

प्रतिक्रिया