हामी पनि राष्ट्रपतीय शासनको पक्षमा छैनौं

बाग्लुङ, २ असोज । एमाले सचिव शंकर पोखरेलले राष्ट्रियताका सन्दर्भमा एकीकृत माओवादी नेतृत्वको वर्तमान सरकार इतिहाँसमै सबैभन्दा कमजोर रहेको दाबी गरेका छन् ।
वाग्लुङमा आज पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले सरकार विदेशीको इशारामा चलेका कारण नेपालको राष्ट्रियता कमजोर भएको आरोप लगाए । उनले भने, ‘जनयुद्धदेखि नै एमाओवादीले गरेका गलत सम्झौताको पर्दाफास हुने र मानव अधिकार हनन्को मुद्दा लाग्ने डरले सरकार विदेशीको इशारामा चलेको छ ।’
‘सरकारले एकपछि अर्को गर्दै राष्ट्रघाती कदम चालिरहेको छ,’ उनले भने, ‘यस्थास्थितिमा एमाओवादीसँग कुनैपनि सम्झौता हुँन सक्दैन ।’
राष्ट्रपतिलाई संविधानभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्न मात्र आफूहरुले आग्रह गरेको उनले उल्लेख गरे । पोखरेलले आफूहरु राष्ट्रपतीय शासनको पक्षमा नभएको पनि बताए । दसैं तिहार लगत्तै सरकार विस्थापनका लागि निर्णायक आन्दोलन हुने बताए ।

प्रतिक्रिया