भिखमपुरमा निःशुल्क आँखा शिबिर सम्पन्न, ३१२ जना लाभाम्वित

पर्सा । जिल्लाको धोबिनी गाउँपालिका २ भिखमपुरमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । आर एम केडिया आँखा अस्पताल परवानीपुर र धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्र पर्साको आयोजनामा एक दिने निःशुल्क आँखा शिबिर सम्पन्न भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा आयोजना गरिएको निःशुल्क आखा शिविरमा ३ सय १२ जनाले आँखा चेकजाँच गराएका छन् । जसमध्ये १ सय २६ जनामा मोतियाबिन्दु फेला परेको आयोजकले जनाएको छ। शिविरमा निःशुल्क औषधी र ६० जना महिलालाई चस्मा समेत वितरण गरिएको थियो ।

निशुल्क आँखा शिविरमा मोतियाबिन्दु फेला परेकाहरु लाई निःशुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएका छन् । निःशुल्क आँखा शिविर धोबिनी गाउँपालिका २ भिखमपुरका वडाध्यक्ष नन्दलालप्रसाद कुर्मीको अध्यक्षतामा समपन्न भएको थियो । निशुल्क आँखा शिबिरमा केडिया अँखा अस्पतालका चिक्तिसक शिवशंकर प्रसाद, रासदेव साह, संतोष साह, लालबाबु मण्डल, राजेश अधिकारी, चनरमन पटेल लगायतले चेकजाच गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष कुर्मीले महिलालाई औषधी र चस्मा बितरण गरेका थिए । शिबिर कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष मनाउर मियाँ, प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरका प्रमुख संतोषकुमार साह, नरेन्द्र साह, अमोद केवट, पत्रकार लालबाबु बानिया, राजन बानिया, रितु कुमारी कर्णलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया