हिलिहाङ दरबार पुन निमार्णका लागि शिलान्यास

पाँचथर । हिलिहाङ गाउँपालिका ४ मा रहेको ऐतिहासिक हिलिहाङ दरबार बिहिबार पुन र्निमाणका लागि शिलान्यास गरिएको छ । हिलिहाङ राजाको दरबार पुर्ननिमाणका लागि पूर्व मन्त्री तथा संघीय सांसद वसन्तकुमार नेम्वाङले शिलान्यास गरेका हुन । हिलिहाङ राजाको २९५औं जन्म जयन्ती कार्यक्रम भब्यरुपमा मनाइएको छ ।


शिलान्यास कार्यक्रममा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिका अध्यक्ष भुवानिप्रसाद लिङदेन, हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्क योङहाङ, प्रा डा नारायण संग्रौला , नेपाल नाट्य प्रतिष्ठानका प्राज्ञ भुमिका सुब्बा, जिसस प्रमुख बिष्णुप्रसाद सापकोटा, नेपाली कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सह सचिव बालकृष्ण ओझा, यङवरक पालिका उपाध्यक्ष कमलकुमारी योङया, एमाले युवा नेता गणेश योङहाङ लगायतको उजस्थिति रहेको थियो । राजाको जन्मजयन्तीमा उपस्थित सरोकारवाहरुले हिलिहाङ राजाको भुमिका र महत्वबारे चर्चा र इतिहासका बिषयमा बिचार सहित शुभकामना दिएका थिए ।

प्रतिक्रिया