अर्नाद्वारा धानबाली नष्ट

राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरूप नगरपालिका–४ को दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जंगली अर्नाको समूहले जिल्लाको कञ्चनरूप नगरपालिका–४ मा किसानले सयौँ बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिए ।

दैनिक १०÷१५ वटा संख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, चेत नारायण चौधरीको दुई कठ्ठा, मुसहरू पासवानको पाँच कठ्ठा, प्रभुलाल पासवानको पाँच कठ्ठा, रामगुलाम पासवानको तीन कठ्ठा खेतमा लगाइएको धानबाली कुल्चिएर नष्ट गरेको पासवानको भनाइ छ ।

त्यस्तै रामअवतार पासवानको तीन कठ्ठा, मुन्नादेवी पासवानको दुई कठ्ठा, श्रीलाल पासवानको दुई कठ्ठा, रामप्रसाद मण्डलको चार कठ्ठा गरी दर्जनौँ किसानले लगाएको धानबालीमा समेत जंगली अर्नाको समूहले खाएर क्षति गरेको पीडित किसानले बताएका छन् ।
यसरी कडा मिहिनेत र परिश्रम गरेर लगाइएको धानबालीमा हात्तीले आएर क्षति पु¥याएपछि किसान चिन्तित भएको स्थानीयवासीको भनाइ छ ।

केही दिनयता सो क्षेत्रमा दैनिक कोसी टप्पु वन्यजन्तु आरक्षबाट अर्ना आएर आतंक मच्चाउँदा पनि स्थानीय प्रशासन मौन रहेको स्थानीयवासीले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया