काठमाडौं । ‘एएनपी अवार्डस् २०२१’ बाट अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड सम्मानित भएका छन् । चलचित्र, गीत–संगीत र फेसन तथा इभेन्ट क्षेत्रका लागि राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप ‘जात्रैजात्रा’ तथा निरुता ‘दालभात तरकारी’ बाट अवार्ड बिजेता भएका हुन् । २०७४ सालदेखि २०७६ सालमा प्रदर्शन चलचित्र तथा सिर्जित सिर्जनालाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को ‘पिंजडा ब्याक अगेन’ बाट खलपात्र, सौरभ लामा, २०७६ को ‘पासवर्ड’ बाट छायांकन निर्देशन, अर्जुन जिसी, २०७६ को ‘साङलो’ बाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी, २०७४ को ‘प्रेम गीत २’ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को ‘छिरिङ’ बाट कलरिस्टको अवार्ड विजेता भए ।
त्यसैगरी, विभिन्न मितिका विभिन्न चलचित्रबाट यमप्रसाद ओली र रेश्मा केसी प्रडक्सन डिजाइनर, सुिष्मता खत्री छोटो फिल्म छायांकार, संगीत खत्री छोटो फिल्म सम्पादन, दिनशन शाह सम्पादन, गोपाल ढकाल छन्दे हास्य कलाकार, प्रेम पाण्डे चरित्र अभिनेता, सुनिता गौतम चरित्र अभिनेत्री, विनायक तामाङ निर्देशक, सुवास गुरुङ निर्देशक अवार्ड विजेता भएका छन् । त्यस्तै, अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुषालले टेलिफिल्म अभिनेत्रीको अवार्ड हात पारे ।
पूर्वराज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यता तथा अभिनेता अभिनेत्री भुवन केसी, सरोज खनाल, मुकुन्द श्रेष्ठ, छायांकार तथा निर्माता निर्देशक मञ्जुकुमार श्रष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, गायिका तारा थापा, संगीतकार टीका भण्डारी, गायक तथा संगीतकार किरण प्रधान लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिलन चाम्सले ‘सिमानापारी’ बोलको गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट रचनात्मक म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्दा कुशल श्रेष्ठले ‘अधर’ बाट डायस्पोरा म्युजिक भिडियो निर्देशक, लाने भए लैजाउ कान्छाबाट वसन्ती राईले डायस्पोरा गायिकाको अवार्डलाई आप्mनो बनाए ।
यस्तै, गायिका तथा मोडल ज्योति मगरले पहिलोपटक पपुलर गायिकाको अवार्ड चुमिन् भने सशन कँडेल म्युजिक भिडियो निर्देशक, गजित विष्ट म्युजिक भिडियो अभिनेता, आरोही शर्मा मोडल, शिवन पोखरेल, प्रल्हाद चौलागाई, झरना रिसाल र निक्स शर्मा म्युजिक भिडियो मोडल तथा विकास बस्नेत जोनी बाबाले म्युजिक भिडियो मोडल इन्करेजमेन्ट अवार्ड प्राप्त गरे । दिनेश डागी लोक दोहोरी म्युजिक भिडियो मोडल, प्रकाश बस्नेत जुरीतर्फको म्युजिक भिडियो मोडल, चन्दन कुईकेल म्युजिक भिडियो डेब्यु मोडल, प्रशुनजंग पोखरेल म्युजिक भिडियो बालकलाकार, दिनशन शाह म्युजिक भिडियो सम्पादक, मनिषा पोखरेलले पाश्र्व गायिका, रमेश पाठक, डम्बर पाण्डे र राकेश महतो गायक, दिल पुन र मेलिना राई युगल गीत गायन, चेतन राई पपगायक, मेघ पौडेल डायस्पोरा गायक, योगेशकाजी शाह म्युजिक एरेन्जर, यमु शर्मा सुब्बा आधुनिक गीततर्पmको गीतकार, भिष्मराज फुलारा गीतकार (जुरिक), डा. डिआर उपाध्याय लोकप्रिय गीतकार, मोहनकुमार खत्री रचनात्मक गीतकार र किरण माइकल घिमिरे गीतकारको अवार्ड विजेता भए ।
सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा फेसन इभेन्टतर्पm मिस नेवाः नेपाल ११४१ कृषा महर्जन बेस्ट कल्चरल ब्युटी क्विन, विष्णु रेग्मी ब्युटिसियन, रुद्र शर्मा युवाव्यापारी, मोनित महर्जन फेसन कोरियोग्राफर, राजेन्द्र लुइँटेल मिडिया पर्सन, गीता शाह फेसन मेकअप आर्टिस्ट, दिपेन्द्रकुमार यादव युवाउद्यमी, सावित्री ढुंगाना इभेन्ट डाइरेक्टर, ग्लोबल अनलाइपे वर्षको भोटिङ कम्पनी, सुरज थापा युवा इभेन्ट डाइरेक्टर, गणेश जोशी युवा प्रिन्सिपल, साइपल एकेडेमी वर्षको ए लेभल कलेज, शर्मिला केसी र मनकुमारी गुरुङ शिक्षाविद्, सम्झना घले वर्षको पेजेन्ट मोडल, सहिम शाह समाजसेवी, सुनिता मरासैनी, नारायण भट्टराई र रश्मिता गुरुङ मेकअप आर्टिस्ट, निर्भेस श्रेष्ठ बाल टाइटल विजेता, भावना देवकोटा मिसेस टाइटल विजेता, विनिभ श्रेष्ठ र नेहा कुमारी रे टाइटल विनर तथा सुष्मिता घिमिरे वेस्ट मम अफ द इयर अवार्ड विजेता भए ।
२४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले आयोजना गरेको कार्यक्रममा एएनपी नेसनल अवार्डस–२०२१ मा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो । सो अवसरमा गायक तथा संगीतकार विमल डाँगी र गायिका तथा मोडल सरिता डाँगी, गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई डायस्पोरा गीत–संगीत सम्मान, गायिका तथा समाजसेवी सुनिता गुरुङलाई गायन तथा समाजसेवा सम्मान, सिताराम पोखरेललाई गायन सम्मान, हेमा मानन्धरलाई इभेन्ट आयोजक सम्मान, सन्तोष सुवेदीलाई इभेन्ट डाइरेक्टर सम्मान, गीता अधिकारीलाई पत्रकार सम्मान, रमेश श्रेष्ठलाई होटल व्यवसायी तथा कलाकर्मी सम्मान, सञ्जित भण्डारीलाई अभिनय सम्मान, नन्दा बस्याललाई कलाकारिता तथा खेलाडी सम्मान, रीता केसीलाई गायन सम्मान, गायत्री थापालाई गायन तथा समाजसेवा सम्मान, नीतु कोइरालालाई अभिनय तथा मोडलिङ सम्मान, ध्रुवप्रसाद घिमिरेलाई व्यवसायी सम्मान र सन्तोष केसीलाई इन्जिनियरिङ तथा समाजसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया