प्युठान । मरन्ठानामा प्रहरीले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। मरन्ठाना प्रहरी चौकीले चाडपर्व नजिकिँदै गर्दा सम्भावित अपराधीक घटना न्यूनीकरण गर्न समुदाय प्रहरी र जनप्रतिनिधि बिच समन्वयकारी भुमिका कसरी स्थापित गर्न सकिन्छ भन्ने उध्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । स्थानीय स्तरमा चाडपर्वको समयमा विभिन्न अपराधीम घटना जुवातास मदिरा सेवन गरि होहल्ला हुन सक्ने भन्दै यसमा कमि ल्याउन सबैको सहकार्य आवश्यक रहेको सार्वजनिक सुनुवाइमा बोल्ने वक्ताहरूले बताएका छन् ।
प्रहरी चौकी मरन्ठाना मजुवाले अफ्नो क्षेत्र भित्रका जनतालाई कस्तो सेवा प्रदान गर्दै आएको छ ? प्रहरी जनमुखी भयो भएन शान्ति सुरक्षाको प्रत्याभूत गराउन कत्तिको सफल भएको छ ? यी र यस्ता बिषयमा जनताको गुनासो के थियो ? भन्ने बिषयबस्तुमा छलफल गरिएको थियो । जनशक्ति अभाव रहेपछि जनताको सुरक्षामा प्रहरी जनताको साथमै रहेको प्रहरी चौकी मरन्ठाना प्रहरी सहायक निरीक्षकले राजेन्द्र सिंह पुजारा बताए । उनले भने,’स्थानीय जनता र जनप्रतिनिधिको सहयोग भएमा समाजमा हुने जस्तो किसिमका अपराध विकृति नियन्त्रणमा गर्न हाम्रो टिम सक्रिय हुने छौँ ।’
मंगलबार भएको कार्यक्रमना प्युठान नपा ९ का वडा अध्यक्ष नेहरसिंह केसीले प्रहरी जनता र जनप्रतिनिधिको समन्वय भएमा समाजमा हुने अपराध विकृति आत्महत्या बलात्कार जस्ता घटनामा कमि ल्याउन सकिने बताए । समाजमा अपराध विकृति फैलिन सक्ने भन्दै गाँजाखेती अबैध मदिरा जन्य पदार्थ उत्पादन तथा बिक्रीवितरणमा कमि ल्याउन आ-आफ्नो ठाउँमा प्रहरी स्थानीय जनता जनप्रतिनिधि सक्रिय हुनुपर्ने केसीको भनाइ थियो ।
गाउँघरमा पछिल्लो समय गाँजा चरेस अफिन तथा घरेलु मदिराका कारण थुप्रै आत्महत्या, घरेलु हिंसा, अपराध,चोरी डकैती र बलात्कार जस्ता घटना बढदै गएकोले प्रहरीले यस्ता बिषयमा कडाई गर्न अनुरोध गरिएको प्युठान नपा १० का वडा अध्यक्ष पदम गिरीले अग्रह गरे । प्रहरीले सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन, अपराध रोकथाम गर्न, जनताको जनधनको सुरक्षा व्यवस्थापन तथा सवारी दुर्घटना कम गर्न, कोभिड (१९ को बिषयमा जनचेतना अभिवृद्धि गर्न जिल्लाभर कार्यक्रम संचान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सार्वजनिक सुनुवाई जिल्लाभर भर संचालन गर्ने प्रहरीले जनाएको छ । कार्यक्रममा स्थानीय ब्यापारी जनता जनप्रतिनिधि पत्रकार लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया