बृहत यौन शिक्षासम्बन्धि तालिम सम्पन्न

कालिकोट । बृहत यौन शिक्षासम्बन्धि शिक्षक,शिक्षिकालाई दिएको तालिम सोमवार सम्पन्न भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा रहेका १४ वटा विद्यालयमा अध्यापन गराइरहेका १९ जना शिक्षक, शिक्षिकाहरुलाई तालिम दिइएको हो ।

कार्तिक १० गतेबाट सुरु भएको यौन शिक्षासम्बन्धिको तालिम सोमबार विभिन्न विषयमा छलफल गदै सम्पन्न भएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीको अध्यक्षता तथा गैर सरकारी संस्था महासंघ कालिकोटका अध्यक्ष एवं हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढा र प्रशिक्षक सागर बुढाथोकी लगायत प्लान नेपालका कर्मचारीको उपस्थितमा बृहत यौन शिक्षासम्बन्धिको तालिम भएको थियो ।

पाँच दिने तालिमपछि अपेक्षा गरिएभन्दा पनी धेरै उपलब्धी हासिल गर्ने प्लान इन्टरनेशनल नेपालको लक्ष्य छ । किशोर किशोरीहरुमा रचनात्मक तरिकाले एक आपसमा विभेद नगरी मित्रता कायम गर्ने,यौन शिक्षा सम्वन्धीको सुचना प्रवाह गर्ने गर्न लगाउने, अस्थायी, स्थायी साधनबारे विद्यालयमा वा गाउँ समाजमा चेतना फैलाउने, बाल विवाह, छिटो विवाहलगायत प्रजनन् स्वास्थ्य सम्वन्धि विभिन्न जानकारी समाजमा फैलाउने उद्येश्य यस कार्यक्रमको रहेको वाल विवाह ,छिटो,विवाह र जवरजस्ती विवाह न्युनिकरण परियोजनाका अनगुमन तथा मुल्यांकन संयोजक बलिराज शाहीले बताए ।

समाजमा रहेका विभिन्न हानिकारक अभ्यास न्युनिकरणका लागि काम गर्दै आएको प्लान इन्टरनेशनल नेपालले कालिकोटका ३ वटा स्थानिय तहमा काम गर्दै आएको छ । नरहरीनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा काम गर्दै आएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा बृहत यौन शिक्षा सम्वन्धि तालिम दिइएको हो ।

तालिममा सहभागी सम्पूर्ण शिक्षक, शिक्षीकाले यो शिक्षा अति आवश्यक रहेकाले सवै विद्यार्थी र अन्य शिक्षकहरुलाई गाउँमै गएर सिकाउने बताएका छन् । श्री शंकर माध्यमिक विद्यालयका शिक्षक मिनबहादुर गिरीले यो शिक्षा अति आवश्यक रहेकाले अब गाउँमा गएर सबैलाई यौन शिक्षा, प्रजनन स्वास्थ्यका विषयमा जानकारी गराउने बताएका छन् ।

श्री विद्याज्योति माध्यमिक विद्यालयकी शिक्षिका सरस्वती देवकोटाले यो तालिम प्रभावकारी र समाज हितका लागि रहेकाले सवैले यौन शिक्षाको विषय गाउँ–गाउँमा गई किशोर, किशोरी र अन्य बालबालिकाहरुलाई सिकाउनु पर्ने बताइन्न् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया