पाँचथर । फिदिम नगरपाकिाको बजारबाट नेपाल प्रहरीले ठूलो मात्रामा पटका बरामद गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी व्यापारीले बेचबिखन गर्दै गरेको सुत्ली पटका बरामद गरिएको डिएसपी दानबहादुर थापाले बताए । प्रहरीका अनुसार आइबार मात्रै ११ हजार ८८ वटा सुत्ली पटका बतामद भएको हो ।
नियमले बिक्रेतालाई मुलुकी अपराध संविधान २०७४ अन्र्तगत विष्पोटक पदार्थ कसुर अनुसार सजाय हुने डिएसपी थापाले जनाकारी दिए । बिक्रेतालाई कारवाहीबारे थापाले भनेका छन, ‘ ३ वर्ष कैद, ३० हजार जरीवाना, वा दुवै सजाय हुने छ ।’ बरामद भएका पटकाहरुनष्ट गरिने प्रहरीले जनाएको छ ।
पटका बिक्रेता ब्यापारीलाई एक पटक सम्झाएर पठाइएको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार जिल्ला सुरक्षाको बैठकले देउसे–भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने, देउसी–भैलो खेल्दा साउण्ड बक्स ठूलो बजाउन नपाइने, जुवातासलाइ निषेध गरिने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया