काठमाडौं । हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बन्न सफल भएकी छन् । पुरी ‘बेस्ट ट्यालेन्ट’, भ्युअर्स च्वाइस’ उपाधिसहित शीर्ष उपाधि हात पार्न सफल भएकी हुन् । पुरीले ताजका साथमा नगद र विभिन्न उपहार हात पारेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पारु श्रेष्ठ फस्ट रनरअफ र आरती राई सेकेन्ड रनरअप भए । पारुले इनर्जेटिक र आरतीले बेस्टवाक उपाधिसमेत हात पारे । दुवै उपविजेताले नगद र विभिन्न उपहारसमेत हात पारे ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजना रहेको प्रतियोगितामा पञ्च्युयालिटी रोमी महर्जन, डिसिप्लेन र बेष्टड्रेस रमिता महर्जन, सिन्सियर जानुका कार्की, फोटोजेनिक दीपिका स्याङतान, फ्रेण्डसिप अस्मिता थापामगर, बेस्टवाक आरती राईले जित्न सफल भए ।
गायिका सत्यकला राई, गीतकार तथा कवियत्री निलिमा मास्के श्रेष्ठ, मिडिया पर्सन कुवेर गिरी, एनआरएन युकेको उपाध्यक्ष रोजिना प्रधान राई, व्यवसायी बिनिता बस्नेत, मेकअप आर्टिस गीता शाहलगायत निर्णायक रहेको प्रतियोगितामा सहभागी विभिन्न प्रशिक्षणसहित प्रतिस्पर्धी अन्तिमस्पर्धामा उत्रिएका थिए । राष्ट्र र समाजका लागि योगदान दिनसक्ने योग्य महिला बनाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, मोडल तथा कोरियोग्राफर राज फैजुले बताए ।
लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर प्रायोजक र जोजोलप्पा गाडेन रेस्टुरेन्ट सहप्रयोजक रहेको प्रतियोगिताका सबै प्रतियोगी फेसन डिजाइनर श्रीषा बैदार फैजुले डिजाइन गरेको आकर्षक पहिरनमा ¥याम्पमा उत्रिएका थिए ।
प्रतिक्रिया