काठमाडौं । लामो समयदेखि सञ्चार क्षेत्र र कला क्षेत्रमा योगदान दिँदै आएका चार जना सञ्चारकर्मीहरु सम्मानीत हुने भएका छन् ।
बिरिसु मिडिया प्रालिद्वारा आयोजित ‘स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०२१’ अन्तर्गतको कार्यक्रममा डेढ दशकदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका राजु बोहरा, एक दशकदेखि सोही क्षेत्रमा क्रियासील सविता पोखरेल, तीन दशकदेखि सञ्चार क्षेत्रमा काम गरेका तुलसी गिरी (भावुक) र १४ वर्षदेखि गीत संगीत र सञ्चार क्षेत्रमा क्रियासील शोभा त्रिपाठी सम्मानीत हुने भएका हुन् ।
उक्त सम्मान कार्यक्रम आगामी मंसीर ११ गते सम्पन्न हुने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले जानकारी दिए ।
उक्त सम्मानबाट आफूहरुलाई सञ्चार क्षेत्रमा अझै अघि बढ्न जिम्मेवार बनाउने गिरी, बोहोरा, पोखरेल र त्रिपाठीले बताएका छन् । ‘सम्मानबाट हामी उत्साहित र यस क्षेत्रमा थप जिम्मेवार हुनेछौँ’, सञ्चारकर्मी राजु बोहराले भने ।
प्रतिक्रिया