कञ्चनपुर । चार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका वडा १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो ।
सो खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट प्रहरी खटिएको थियो । त्यस टोलीले करनलाई पक्राउ गरेको थियो । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया