आकाश र पुजा फिचर्ड ‘जब तिमी’ (भिडियो)

काठमाडौं । गायक नरेश गुरुङको डेब्यु रहेको म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ । उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ, भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ ।

जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया