काठमाडौं । गीतकार डा. डिआर उपाध्यायले फरक शैलीका आठ गीति कविता र तीन पृथक शैलीका सिर्जना सार्वजनिक गरेका छन् । उपाध्यायले शनिबार सार्वजनिक गरेका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिकलाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने तयारीमा जुटेका छन् ।
उनले सार्वजनिक गरेको गीति कवितामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नारीको नाम समेटिएको गीति कविता, विश्वसम्पदाको नाम समेटिएको गीति कविता, विश्वप्रख्यात केकको नाम समावेश गरिएको गीति कविता, संसारमा प्रचलित टाँकाको नाम समावेश गरिएको गीति कविता, संसारमा प्रचलित साइकलका ब्रान्डको नाम समेटिएको गीति कविता, विश्वमा प्रचलित मोटरसाइकलका ब्रान्डको नाम समावेश गरिएको गीति कविता, विश्वका पुराना मन्दिरको नाम समावेश गरिएको गीति कविता र प्रचलित लोगो समावेश गरिएको गीति कविता रहेका छन् । यस्तै, उनले शनिबार तीन पृथक शैलीमा सिर्जना पनि सार्वजनिक गरेका छन् ।
तीन पृथक शैलीका सिर्जनामा आफ्ना गीतलाई पोस्टकार्ड फ्रेममा दुई सयभन्दा बढी, सयभन्दा बढी चराचुंरूगी तथा जनावरको आकृतिभित्र आफ्ना गीत प्रिन्ट र प्लेकार्ड साइजमा सयभन्दा बढी आफ्ना गीत प्रिन्ट रहेका छन् । सो अवसरमा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, मिलाप फाउण्डेसन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष गीता अधिकारी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । उनीहरूले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताए ।
डा. उपाध्यायले आगामी वैशाखमा सयवटा विश्वरेकर्ड पु¥याउने लक्ष्य लिएर काम गरिरहेको बताए । डा. उपाध्यायका २४ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ रहेका छन् । यस्तै, उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
प्रतिक्रिया