काठमाडौं । नेपाली सांगितीक क्षेत्रमा लामो यात्रा गरिसकेकी गायिका सुजता केसीले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चिनी अमिलो’ बोलको गीतमा सुजतालाई अलिफ खानले आवाजमा साथ दिएका छन् ।
विशेष गरी यसअघि पनि डान्सिङ गीतबाट चर्चा कमाएकी सुजताले यस पटक पनि डान्सिङ गीत ल्याएकी हुन् । उक्त गीतमा लोकराज अधिकारीको शब्द छ भने राजेन्द्र बजगाईंको संगीत रहेको छ । गीत श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।
गायिका सुजताले यसगीतबाट ठूलो अपेक्षा लिएको बताइन् । यसअघि पनि कतिपय गीतले चर्चा कमाएका थिए भने कतिपय मध्यम थिए । तर, यसगीतमा ठूलो मिहेनत परेको र टिमवर्क राम्रो भएकाले यसअघिका गीतभन्दा बढी अपेक्षा गरिएको उनले बताइन् ।
‘आफ्ना गीत सबै राम्रो त लाग्छ तर यसगीतको टिम अझ राम्रो छ, सुजताले भनिन्, ‘टिमवर्क राम्रो भएकाले गीत र भिडियो पनि राम्रो बनेको छ । आशा छ दर्शकलाई मन पर्छ ।’
गीतको भिडियोमा कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय । अजय रेग्मीले छायांकन गरेको भिडियोमा प्रकाश धितारको निर्देशन रहेको छ भने सम्पादन बिकाश दाहालले गरेका हुन् ।
प्रतिक्रिया