पर्सा । जिल्लाको धोबिनी गाउँपालिका २ भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती गराउन आउने महिलाहरुले नेपाल सरकारबाट प्राप्त हुने यातायात खर्च नपाउँदा मर्कामा परेका छन् । धोबिनी गाउँपालिका र वडाध्यक्षको चरम लापर्वाहीका कारण संस्थामा प्रसुती गराउन आउने महिलाले यातायात खर्च नपाएको कारण समस्या भएको छ ।
बितेको आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुर बर्थिंग सेन्टरमा असाढ सम्म ९३ जना महिला हरुले आएर सुरक्षित प्रसुती गराएका छन् । उनीहरु लाई नेपाल सरकारका नियम अनुसार एक हजार यातायात खर्च र चार पटक स्वास्थ्य संस्था मा डिलेभरी चेकजाँच गराए बापत २ सयको दर आठ सय दिनु पर्ने भएको ले समयमा गाउँपालिका बाट सो रकम उपलभद नगराएको कारण समस्या भएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमा धेरै टाँडा–टाँडा का महिला हरु ले आउने गर्छन ।
बितेको आर्थिक वर्षमा ९३ जना र २०७८–७९ मा यता साउनदेखि कार्तिकसम्म ६५ महिलाले सुरक्षित प्रसुती गराएको स्वास्थ्य बर्थिंग सेन्टरमा कार्यरत प्रमुख स्टाफ नर्स प्रिया महासेठले बताइन । भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती गराएका महिलाले दिनहुँ यातायात खर्च लिनजाँदा उल्टै थर्काएको आरोप लगाएका छन् ।
भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मनोजकुमार साहले धेरै पटक भन्दा गाउँपालिकाले रकम पठाएको बताए । वडाध्यक्ष एव स्वास्थ्य संयोजक ननदलाल कुर्मीले अहिलेसम्म खाता नखोलेको कारण स्वास्थ्य संस्थामा समस्या देखिएको बताए । गत आर्थिक वर्षमा बर्थिंग सेन्टरमा प्रसुती गराए बापतको रकम १ लाख ८७ हजार आएको छ, तर अहिले सम्म खाता नखुलेको कारण प्रसुती गराएका ९३ जना महिलालाई यातायात खर्च दिन समस्या भएको बताइएको छ । खाता खोल्ने समबन्धमा वडाध्यक्ष ननदलाल कुर्मीसँग पटक पटक ताकेता गर्दा पनि खाता खोल्न समस्या भएको प्रमुख साहले बताए ।
पर्सा
प्रतिक्रिया