सुर्खेतको लादे ओरालोमा हाईस दुर्घटना हुँदा २ काे मृत्यु, ९ घाइते

दैलेख । बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत जादै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको मिनी बस (हाईस) सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै ९ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा दैलेख जिल्ला भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्य (थापा ) र दैलेख जिल्ला नारायण नगरपालिका वडा नम्बर ११ का १८ बर्षिय सुशील रावत हुन् भने ९ जना घाईते भई सुर्खेतमा उपचार भईरहेकाे जिल्ला ट्राफिक कार्यलय सुर्खेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया