पर्सा । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ जानकिटोला दसौता सीमा नाका क्षेत्रबाट लागू औषध चरेस समेत दुईजना पक्राउ परेका छन् । गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरिक्षक राजाराम बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले आज बिहान जानकिटोलको दसौताबाट मोटरसाईकल सहित दुईजना पक्राउ परेका हुन । पक्राउ गरिएको चरस २० प्याकेट आधा किलोको दरले १० किलो ग्राम चरेस रहेको प्रहरीले जनाएकोे छ । तस्करले नेपालबाट मोटरसाइकलमा भारतको ईनार्वा बजार तर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।
चरेस सहित पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका वडा नं ३ हरैया बस्ने सुकदेव माझी मुस्हरको छोरा १८ वर्षिय सुनिल माझी र हरैया निवासी तबाही माझी मुस्हरको १६ वर्षिय छोरा किसन माझी रहेको प्रहरीले जनाएको छ । चरस समेत पक्राउ परेको मोटरसाइकल भारतिय नम्बर बिआर २२ एक्स २७३८ नम्बर को मोटरसाईकल रहेको छ । पक्राउ परेका मोटरसाइकल, चरेस सहितको दूईजना चरेस तस्करलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक निर्मल थापाले जानकारी दिए ।
प्रतिक्रिया