काठमाडौं । प्रहरीले एकान्तकुनाबाट दुई जना विचौलियालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलियालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– १४, नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र ललितपुर महानगरपालिका– १३, कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।
लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने ति विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरि लिँदै गरेको अवस्थामा पक्राउ गरेको एसएसपी भट्टराईले बताए । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया