काठमाडौं । क्वालिटी फिल्म्सद्धारा आयोजित ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ प्रदान गरिएको छ । जसमा चलचित्र विधाअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘लभ डायरिज’ बाट सुशील श्रेष्ठले र अभिनेत्रीको अवार्ड ‘ड्रिम गर्ल’ बाट आश्मा गिरीले हात पारेका छन् । २०७६ सालमा घोषणा भएर रोकिएको यो अवार्डमा २०७५ र ०७६ का चलचित्रले भाग लिएका थिए । जमलमा बुधबार बेलुका सम्पन्न अवार्ड समारोहमा निर्देशकको अवार्ड चलचित्र ‘ड्रिम गर्ल’ बाट ऋषिराज आचार्य, नवअभिनेताको अवार्ड ‘लभ डायरिज’ बाट विश्वजित रिमाल र नवअभिनेता भाषाभाषीतर्फको अवार्ड गुरुङ चलचित्र ‘ह्रोसैँ ङ्हो’ (आफ्नो कर्म), हाँस्य अभिनेताको अवार्ड चलचित्र ‘पोई प¥यो काले’ बाट गोपाल ढकाल ‘छन्दे’ ले र चरित्र अभिनेताको अवार्ड ‘जात्रै जात्रा’ बाट प्रेम पाण्डेले प्राप्त गरे ।
यस्तै, खलअभिनेतातर्फ सन् २०१८ को अवार्ड चलचित्र ‘मन्दिरा’ बाट प्रवण भुसालले र २०१९ को ‘ड्रिम गर्ल’ बाट तुलसीप्रसाद श्रेष्ठले पाए । सहअभिनेतातर्फ सन् २०१८ को अवार्ड चलचित्र ‘एकलव्य’ बाट विकास चापागाईं र २०१९ को अवार्ड ‘ररौंतो’ बाट धिरेन शाक्यले हासिल गरे । सर्वोत्कृष्ट चलचित्र सम्पादनतर्फ सन् २०१८ को अवार्ड चलचित्र ‘चिमुसीची’ बाट भूपेन्द्र अधिकारीले र सन् २०१९ को चलचित्र सम्पादक अवार्ड चलचित्र भिलेनबाट शाहिल खानले हात पारे ।
यस्तै चलचित्रतर्फ नै सर्वोत्कृष्ट कलरिस्टको अवार्ड ‘यात्रा’ बाट रेनिश फागोले, भिएफएक्स आर्टिस्टको अवार्ड चलचित्र छिरिङबाट अच्युत बजगाईं, छायांकार अवार्ड ‘राम कहानी’ बाट सौरभ लामा, चलचित्र संगीतकारको अवार्ड चलचित्र ‘म त मर्छुकी क्याहो’ को गीत ‘ओ मेरो परान’ बाट राजेन्द्र बजगाईंले र प्रोडक्सन डिजाइनरको अवार्ड चलचित्र ‘जय शम्भु’ बाट शंकर बस्नेतले प्राप्त गरे ।
चार दशकभन्दा लामो समयदेखि योगदान पु¥याएको भन्दै चलचित्र निर्देशक तुलसी घिमिरेलाई १५ हजार १५ रुपैयाँसहित सो अवार्ड समारोहमा लाइफटाइम एचिभमेन्ट अवार्ड र रंग पत्रकार तुलसी गिरी भावुकलाई ११ हजार १११ रुपैयाँसहित कला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । यस्तै गीतसंगीततर्फ सर्वोत्कृष्ट देउडा गीतकारको अवार्ड ‘हे गाजली’ बाट डब्बु क्षत्री, संगीतकारको अवार्ड ‘हे गाजली गीत’ बाटै राज सागर र गायिकाको अवार्ड सोही गीतबाट सरिता भारतीले जितेका छन् । राष्ट्रिय गीतको अवार्ड ‘जय गोर्खाली’ बाट नवराजंग थापा, आधुनिक गीततर्फ पपुलर गायकको अवार्ड प्रताप दास, सर्वोत्कृष्ट गायकको अवार्ड कृष्ण भट्टराई, जुरी अवार्ड जीवन तामाङ, सर्वोत्कृष्ट गायिकाको अवार्ड मेलिना राईले हासिल गरे । आधुनिकमै संगीतकारको अवार्ड टीका बम्जन, वर्षको पपुलर संगीतकार अवार्ड दीपक शर्मा र नवगायकको अवार्ड सुजन तिगेला लिम्बूले प्राप्त गरे । यस्तै, आधुनिक विधामै सर्वोत्कृष्ट गीतकारको अवार्ड हरि उप्रेती, म्युजिक भिडियो निर्देशकको अवार्ड कुशल श्रेष्ठ, मोडल अफ द इयरको अवार्ड अभिनेता पल शाह, सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड पूर्णबहादुर थापा (दीपक मैथाने), महिला मोडलको अवार्ड तिम्रो याद गीतको भिडियोबाट साक्षी लम्साल, पपआधुनिक गीत महिला मोडलको अवार्ड जिन्दगी अझै गीतबाट तुलसा कटुवाल र नवमोडल महिलाको अवार्ड सलिना थापाले पाए ।
म्युजिक भिडियो कोरियोग्राफीतर्फ आधुनिक निर्देशकको अवार्ड टिन्याङ सुरु राना गुरुङ, लोकदोहोरीतर्फ नृत्य निर्देशकको अवार्ड असारे मास गीतबाट सुवास बुढाथोकीले पाएका छन् । लोकदोहोरी विधातर्फ रचनाकारको अवार्ड नेत्र अर्याल, सर्वोत्कृष्ट भाकाको अवार्ड श्रीकृष्ण बम मल्ल, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायकको अवार्ड झुम्के बुलाकीबाट अलिफ खान, गायकको जुरी अवार्ड विक्रम परियार, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायिकको अवार्ड निर्मला थापामगर, पपुलर लोकदोहोरी गायिकाको अवार्ड बिमाकुमारी दुरा र लोकदोहोरी नवगायकको अवार्ड निकेश तामाङ, नवगायिकाको अवार्ड एलिना गुरुङ, लोकदोहोरी गीत सर्वोत्कृष्ट भिडियो निर्देशकको अवार्ड काजिस श्रेष्ठ, भिडियो नवनिर्देशकको अवार्ड ललित केसी, लोकदोहोरी भिडियो मोडल जोडीको अवार्ड शिषिर पौडेल÷सारिका केसी, पुरुष मोडलको अवार्ड धु्रव हिमाली, महिला मोडलको अवार्ड सगुन शाही, सर्वोत्कृष्ट लोकगीत अवार्ड चेपेको दोभानबाट पृथ्वी गुरुङले प्राप्त गरे ।
पप विधामा सर्वोत्कृष्ट नवगायकको अवार्ड आयो तिम्रै राजाबाट गणेश थापा, पप आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड मुलको पानी गीतबाट भावना आचार्य, सर्वोत्कृष्ट बालकलाकार (मोडल) को अवार्ड लोकेश क अ भले, इन्करेजमेन्ट अवार्ड प्रतीक पौडेल, पब्लिक च्वाइस अवार्ड एसेप्ट तिगेला लिम्बूले पाए । यसैगरी, सर्वोत्कृष्ट भिडियो सम्पादक अवार्ड आयो तिम्रो राजाबाट सुरेशकुमार राउत, छायांकारको अवार्ड शम्भु चालिसेले प्राप्त गरे । संगीत संयोजनतर्फ सर्वोत्कृष्ट अवार्ड बलिन थापामगर, सर्वोत्कृष्ट ध्वनी मिश्रण अवार्ड बिस्तारै बिस्तारै गीतबाट मनोज परियारले हासिल गरे । समारोहमा पूर्वेली लोकजुहारी गीतको अवार्ड गायिकातर्फ हिमाल राम्रो गीतबाट झुमी लिम्बु र गायकको अवार्ड सुसन लिम्बु, भेग विशेष गीततर्फ सर्वोत्कृष्ट गुरुङ गीत गायकको अवार्ड ङोल्स्यो कोपिलाबाट तेजेन्द्र गुरुङ, गायिकाको अवार्ड छनु गुरुङले पाएका छन् । कौडा गीत गायकको अवार्ड चिजकुमार गुरुङ, कौडा गीत गायिकाको अवार्ड तारा शिरिष मगर, पर्व गीत गीतकारको अवार्ड जीतस सागर रावत, पर्व गीत गायकको अवार्ड बाटुली गीतबाट ज्ञानेन्द्र शाही, मोडल पुरुषतर्फको अवार्ड आनन्द गुरुङ, भेग विशेष गीत संगीतकारको अवार्ड जुनी सरी गीतबाट गणेश गुरुङ, तामाङ गीत सर्वोत्कृष्ट गायकको अवार्ड धिरज गोल, मौलिक सेलो गीत गायकको अवार्ड पर्से तामाङले प्राप्त गरे ।
सोही कार्यक्रममा फेसनतर्फको अवार्डमा बेस्ट पेजेन्ट कोरियोग्राफर अफ द इयरको अवार्ड अश्विनी कान्त झा, बेस्ट इभेन्ट म्यानेजरको अवार्ड बालकृष्ण पोखरेल, बेस्ट ब्युटी पेजेन्ट मोडलको अवार्ड सनी लिम्बू, पेजेन्ट डिरेक्टर अफ दि इयर महिलाको अवार्ड प्रतिमा कार्की, फेसन डिजाइनर अफ दि इयरको अवार्ड ममता गुप्ता दारुका र बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर पुरुषको अवार्ड निशु कान्त झाले पाए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतका अतिथिले कार्यक्रममा अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, संगीतकार कस्तुप पन्त, डिका गुरुङ, गीतकार ज्ञानबहादुर लामा, शिवराज पौडेल, नारायण कँडेल, नारायण शर्मा, दयराम घिमिरे, चलचित्र पत्रकार विष्णु सुवेदी लगायत सम्बन्धित विधाबाट सम्मानित भएका थिए । कोरोना कहरका कारण सुस्ताएको नेपाली गीत संगीत, चलचित्र तथा फेसन बजारलाई चलायमान बनाउन र कलाकार प्राविधिकलाई प्रोत्साहन गर्न अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरिएको क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए ।
प्रतिक्रिया