पर्सा । किरण आँखा अस्पतालले बिहिवार निःशुल्क आँखा शिविर समपन्न गरेको छ । धोबिनी गाउँपालिका ४ लंगडी हेल्थ पोस्टमा आयोजित निःशुल्क शिविरमा १ सय ५ जना आँखाका विरामीले चेकजाँच गराए । गर्मी याममा हुने धुलो, धुवा, वायु प्रदुषणलाई मध्यनजर गर्दै आँखा शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष निरज पटेलले बताए । कृति डेभलपमेन्ट एन्ड स्किल प्रालिको सहयोगमा शिविर आयोजना गरिएकाे हाे ।
जसमध्ये ३० जना मोतियाविन्दुका विरामी फेला परेको पटेलले बताए । कार्यक्रममा डा. सुरज चौधरी, चन्दन सहनी, कमलेस कुमार, अकलेश चौरसियाको टिमले निःशुल्क आखाँ शिविरको चेकजाँच तथा उपचार गरेका थिए । सहुलियत दरमा अपरेश्न गरिने किरण आँखा अस्पतालले जनाएको छ ।
पर्सा
प्रतिक्रिया