संचय कोषको ६० औं वार्षिकोत्सव

काठमाडौं । कर्मचारी सञ्चय कोषले ६) औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको भर्चुअल रुपमा अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन । बार्षिकोत्सवमा सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र यस्ले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउनेमा अर्थमन्त्री शर्माले जोड दिए ।

उनले उत्पादन मुलुक क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्ने र व्यापार घाटा कम गर्न सहयोग गर्ने बताँएका थिए । शर्माले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात रहेको कोषले जनाएको छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया