विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया