बिओकेका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौता पश्चात ग्राहकले एसआरएलले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवा उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिगको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत सम्म छुट पाउने छन । एसआएलले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गर्दै आईरहेको छ । बिओकले ९० शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया