काठमाडौं । हाँस्यकलाकार तथा गायक मदन कृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । अभिनेता सरोज खनालको अभिनय रहेको उक्त गीतको भिडियो शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो । बमकुमार श्रेष्ठको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज देवेन्द्र नेवाले गरेका छन् । केन्द्र मोसन पिक्चर्स तथा राजेन्द्र वाग्लेको संयुक्त प्रस्तुतिको रुपमा गीत सार्वजनिक गरिएको भिडियोमा अभिनेता खनालको एकल अभिनय छ ।
सार्वजनिक भिडियोमा आफ्नो जीवनको उत्तराद्र्धमा पुगेको कलाकारको मनोविज्ञान र उसले भोग्ने नियतिलाई कलात्मक रुपमा देखाउने कोशिस गरिएको छ । विगतलाई सम्झिएर एक्लोपनमा पिरोलिनु परेको कलाकारको अवस्थालाई भिडियोमा देखाइएको छ । अभिनेता खनालकै परिकल्पना रहेको गीतको भिडियोलाई राज केसीले निर्देशन गरेका हुन् । त्यस्तै, भिडियोको सुरुमा प्रयोग गरिएको कविता कवि रमण घिमिरेको रहेको छ ।
प्रतिक्रिया