मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत १ असारमा मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु¥याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थति भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।
जिल्लाका नमुना विद्यालयका रूपमा रहेका लोकप्रिय मावि र प्रकाशज्योति माविको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताए । चार मात्रै मावि रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिए । भविष्यमा देशको कार्यभार सम्हाल्ने साना विद्यार्थीको उज्यालो भविष्य बनाउनका लागि सेनाले भवन निर्माण गरेर सहयोग पु¥याउने भएको छ’, उनले भने ।
कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको छ । सेनाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएपछि मनाङवासीका साथै बालबालिकासमेत हर्षित भएका छन् । नासों–१ ताल गाउँस्थति भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्णरूपमा जोखिममा छ । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।
त्यस्तै नासों–६ थोंचेस्थति डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु¥याएको छ । कक्ष १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुंगे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस हुने गरेको छ ।
जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिए । सदरमुकामस्थित चामे–४ को नमुना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मस्र्याङ्दी नदीको बाढीले पूर्ण रूपमा क्षति पुगेको छ ।
छात्रावाससहितको विद्यालयको एकचौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । नेपाली सेनासँग कहिलेदेखि भवन निर्माणको थालनी गर्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पु¥याउनेलगायत प्राविधिक तथा सामाजिक, विधिगत विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामछिानले जानकारी दिए । ‘सडक सञ्जालबाट पूर्ण रूपमा टाढा भएका छौँ, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ, सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौँ, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपएिको छ’, उनले भने ।
कोरोनाले थलएिको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलोथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ । विद्यालय भवन नै बाढीपहिराले बगाएपछि मनाङका विद्यार्थी शिक्षाबाट वञ्चित हुनेछन् ।
प्रतिक्रिया