अर्घाखाँची । जिल्लाको शीतगंगा नगरपालिका–३ को गोरुसिंगे सडक खण्ड ठाडामा यात्रुबाहक हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक सहचालक हित ११ जना सवार हाइस बिहान करिब ५ बजे दुर्घटना भएको हो । काठमाडौंदेखि अर्घाखाँची जाँदै गरेको लु १ ख ८६३९ नम्बरको हाइस सडकदेखि चार सय मिटर तल खस्दा दुर्घटना भई गाडी रुखमा अड्किएको थियो ।
दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा–९ का सुरेश विक र घाइते हुनेहरूमा सनपा ११ समीक्षा शाह, सनपा–२ सीता मुखिया, मालारानी–५ गंगाबहादुर पन्थी, सनपा–१२ गोबिन्द बस्याल, ७० जिल्लाका रोहितकुमार शाह भुनपा–१ का केशव खत्री रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द ठाडामा भइरहेको साथै गम्भीर घाइतेहरूलाई उपचारका लागी लोकबहादुर नेपाली र गोबिन्द बस्याल दुई जनालाई बुटबल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया