काठमाडौं, १२ असोज । राजधानीमा प्रहरीले बैदेशिक रोजगारका लागि कुवेत पठाई दिन्छु भनेर सात महिला बन्धक बनाउने एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।
कपिलवस्तु जिल्ला जयनगर–५ घर भएका ३४ बर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले राजधानीमा पक्राउ गरेको जनाएको छ ।
खत्रीले काठमाडौंको बसन्तनगरमा कोठा भाडा लिएर कास्की, सुनसरी, खोटाङ, बर्दीया र बाँके जिल्लाका महिलाहरुलाई बन्धक बनाई राखेको प्रहरी भनाई छ ।
बन्धक बनाई राखिएका सात महिलालाई महानगरीय प्रहरी बृत्त बालाजुले उद्धार गरेको छ । खत्रीलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । (तस्विर गुगल)
प्रतिक्रिया