जोशीको स्वास्थ्यमा सुधार

ललितपुर । शताब्दी वाङ्मय पुरूष सत्यमोहन जोशी १० दिने अस्पताल बसाइपछि डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका १०२ वर्षीय जोशी शुक्रबार दिउँसो डिस्चार्ज भएका हुन् । सामान्य हिँडडुल गर्न थालेपछि उनलाई घरै पठाइएको किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिए । श्वासप्रश्वासको समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएपछि उनलाई २६ जेठमा उनलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजंग सिजापतिले एक हप्तापछि जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने बताए ।

प्रतिक्रिया