काठमाडौं । निर्माता तथा अभिनेता भुवन केसीले निर्माण तयारी गरेको चलचित्र ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण निधन भएको छ । उनको भारतको मुम्बईमा निधन भएको जनाइएको छ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर सार्वजनिक गरेका हुन् । ‘एक धेरै दुःखद समाचार साँच्चै म अझै स्तब्ध छु’ अनमोलले लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुसी र जिनियस दिमाग सम्झन्छु ।’
भुवनले चोपडाले यो चलचित्र निर्देशन गर्ने घोषणा गत महिना मात्र गरेका थिए । ‘माइती घर २’ सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको थियो । निर्देशक सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ लगायतका चलचित्र लेखिसकेका छन् । ‘माइती घर २’ भुवनले २०२३ सालमा प्रदर्शन भएको चलचित्र ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।
प्रतिक्रिया