बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि सुरु गरेका छन् ।
भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चार लाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न सुरु गरेका हुन् ।
उक्त तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याउ खेतीसमेत गरेका छन् ।
प्रतिक्रिया