बागलुङको एकै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं । बागलुङमा एकै विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बाग्लुङ नगरपालिकास्थित जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ९८ जनाको स्वाब परीक्षण गनेक्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै शिक्षक र विद्यार्थी होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया