काठमाडौं । गायक केशव रिजालले सर्वोत्कृष्ट म्युजिक अवार्ड प्राप्त गरेका छन् । बिहीबार सम्पन्न ‘पावर इन्टरनेशनल मिडिया नेपाल’को आयोजनामा उनले चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्डमा सर्वोत्कृष्ट नव गायकको अवार्ड प्राप्त गरेका हुन् । प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सप्पन्न भएको हो ।
सर्जक तथा गायक रिजालले ‘नौजाले’ बोलको गीतबाट उक्त अवार्ड पाएका हुन् । बिगत केही वर्षयता वैदेशिक रोजगारको सिलसिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजाल करिब एक दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छ्न् । पर्वतको पाङमा जन्मिएका गायक रिजालले ‘हिमालको काँख बाट सेती बग्यो’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरुवात गरेको जानकारी दिए ।
त्यसयता आफ्नो आवाज, संगीत र शब्द सिर्जनामा धेरै गीतहरु बजारमा ल्याइसकेका उनले बताए । रिजालको सिर्जना र आवाज रहेको हिमालको काख, कोदो, नौजाले लगायतका गीतले चर्चा पाएको छ ।
उक्त राष्ट्रिय समावेसी म्युजिक अवार्डको अवसरमा दिर्घ साधना सम्मानबाट वरिष्ट संगीतकार राजु सिंह र रजत सम्मानबाट गायक तथा संगीतकार कनैया सिंह परियारलाई सम्मान गरिएको छ । गायक रिजालले सर्वोत्कृष्ट अवार्डबाट आफूमा अझै गीत संगीतमा जिम्मेवारी थपिएकाले देशको मौलिक लोक संस्कृतिको मर्यादामा रहेर आगामी दिनमा गीत बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया