नाजिर बने ‘लेवल ब्रान्ड’

काठमाडौं । अभिनेता नाजिर हुसेनलाई ‘लेवल ब्रान्ड’ ले एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै नाजिर ‘लेवल ब्रान्ड’ सँग जोडिएको सार्वजनिक गरियो । पहिरनसँग जोडिएको ब्रान्डको परिचित लेवलसँग लामो समयको छलफल र बुझाइपछि मात्रै आफू जोडिएको नाजिरले बताए ।

अभिनेता नाजिरको लोकप्रियता देखेर उनलाई ब्रान्ड एम्बेसडरको रुपमा छनोट गरेको लेवलका सिइओ केपी पराजुलीले बताए । उनले भने, ‘नाजिरको लोकप्रियता पछिल्लो समय बढेकाले ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेका हौं ।’

पराजुलीले लेवलले देशभरिका विभिन्न आउटलेटमार्फत आफ्ना उपभोक्तालाई सेवा दिँदै आएको जनाए । त्यस्तै, अभिनेता नाजिर अहिले भने दिवाकर भट्टराई निर्देशित चलचित्रको प्रि–प्रोडक्सन कार्यमा व्यस्त छन् ।

प्रतिक्रिया