आफैँले पालेको राँगाले हानेर मृत्यु

सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का रहेका छन् ।

बीउका लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने ठाउँमा पुगेपछि एक्कासी आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । खड्काको शव परीक्षणपश्चात निजका छोरालाई जिम्मा लगाइएको तामाङले बताए ।

प्रतिक्रिया