जङ्गलमा डढेलो निभाउन जाँदा जलेर मृत्यु

गोरखा । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए । अन्दाजी १३–१४ वर्षका अन्य चार–पाँच जना स्थानीय बालबालिकासँगै मृतक मगर राति डढेलो निभाउन गएका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया