नयाँ चुनाब अन्तिम बिकल्पः पोखरेल

हेटौंडा, २२ भदौं । एमाले महासचिव इश्वर पोखरेलले नयाँ चुनावको एक मात्रै विकल्प रहेको बताएका छन् ।
एमाले मकवानपुरको नवौं जिल्ला अधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै उनले संविधानसभा पुनःस्थापनाले झन् विवादको वातावरण श्रृजना गर्ने बताए । ‘संविधान सभाको पुनःस्थापनाको पक्षमा छैन,’ उनले भने, ‘एमालेले ताजा जनादेशमा जाने पक्षमा छ ।’
एमाओवादीको सत्ता कब्जाको नियतका कारण देश धरासायी हुँदै आएको उनले दाबी गरे । उनले एमाओवादीको अभिष्ट कदापी पुरा हुन नदिने बताए ।

प्रतिक्रिया