जयमंगलापुरमा बर्थिङ सेन्टर, मन्त्री प्रभु साहद्धारा उदघाटन

पर्सा । शहरी बिकास मन्त्री प्रभु साहले पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं ३ जयमंगलापुरमा बर्थिग सेन्टरको उदघाटन गरेका छन । एक समारोहका बीच मन्त्री साहले छिपहरमाई गाउँपालिकाको तेस्रो बर्थिङ सेन्टरको रुपमा जयमंगलापुरलाई मन्त्री साहले फिता काटेर बिधवत रुपमा उदघाटन गरेका हुन ।

छिपहरमाई गाउँपालिकामा स्थानीय निर्वाचन पहिला एउटा पनि सरकारी बर्थिङ सेन्टर समेत नरहेकोले स्थानिय निर्वाचनपछी गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले आफ्नो गाउँपालिकाको पहिलो तुल्सीवर्वा दोस्रो टिहुकी सेढामा र तेस्रो जयमंगलापुर मा बर्थिग सेन्टर स्थापना गराएका ले आज मन्त्री साहले उदघाटन गरि संचानमा लयाएको छ। जयमंगलापुर बर्थिङ सेन्टर उदघाटन कार्यक्रम वार्डअधयक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

उदघाटन समारोहमा गापा अधयक्ष मनोजकुमार गुप्ता, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु साह, स्वास्थ्य चौकी प्रमुख शत्रुधन पटेल, लगायतको सहभागीता रहेको थियो । गाउँपालिकाको सहयोगमा ६० लाख को लागत मा निर्माण भएको ६ कोठे भवन रहेको स्वास्थ्य शाखा प्रमुख शम्भु साहले जनाएका छन ।

प्रतिक्रिया