‘मैना’ को भिडियो

काठमाडौं । गायक कालीप्रसाद बासकोटा र गायिका अस्मिता अधिकारीको आवाज रहेको गीत ‘मैना’ को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीप्रसादकै शब्द तथा संगीत रहेको छ । भिडियोमा विज्ञान र गरिमा शर्माको अभिनय छ । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडीको रोमान्सलाई देखाइएको छ ।

भिडियोमा शंकर भुजेलको डिओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी छ । रुपा लामा, माया लामा र विज्ञानको लगानी रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशन छ । भिडियोमा आयुष पोखरेलको सह–निर्देशन तथा रुपा लामा र माया लामाको वार्डरब छ । भिडियो एसथ्रिके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया