स्याङ्जा । नेपालको मौलिक कलाको रुपमा परिचित परम्परागत थाङ्का÷पौभा कलाको दुईदिने प्रदर्शनी सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको शिल्पकला विभागको आयोजनामा बुधबार वालिङ मिर्दीस्थित नेचुरल भ्यु पोइन्ट रेस्टुरेन्टमा भएको प्रदर्शनीको उद्घाटन वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले गरिन् । उनले नेपालको मौलिक पहिचान झल्कने कलाको प्रदर्शनीको आयोजना गरेर प्रतिष्ठानले सराहनीय काम गरेको धारणा व्यक्त गरिन् । वालिङमा पहिलोपल्ट भएको यो प्रदर्शनीले नगरपालिकाकै इज्जत बढेको बताउँदै उनले आगामी दिनमा कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा सक्दो सहयोग गर्ने बताइन् । उपप्रमुख तिवारीले भनिन्, ‘हामीले आफ्नै घरदैलोमा नै मूल्यवान् कला सिर्जनाहरु हेर्न पाएकोमा गर्व महशुस गरेका छौं ।’
नेपालका प्रसिद्ध दिवंगत तथा वर्तमानका चर्चित तीन दर्जन कलाकारका कलाकृति राखिएको प्रदर्शनी कार्यक्रममा अग्रज साहित्यकार देवीप्रसाद वनवासीले कला र संस्कृतिले समाजलाई सभ्य र समृद्ध बनाउने विचार व्यक्त गरे । उनले भने, ‘कलाले मानिसलाई सुखी र आनन्दित बनाउन उत्प्रेरित बनाउने भएकाले यसको महत्व विशिष्ट रहिआएको छ । यसर्थ क्षेत्रलाई राज्यले सदैवमा सहयोग गर्नुपर्दछ ।’ प्राज्ञ मानबहादुर दोङले नेपालमा विकास भएर विश्वमा फैलिएकाले यसको महत्व झनै बढेर गएको बताए । उनले नेपालको हिमाली तथा पहाडी भागमा बसोबास गर्ने बौद्ध धर्मालम्बी र काठमाडौं उपत्यकामा बसोबास गर्ने हिन्दु एवं बौद्ध मान्ने नेवार समुदायले परम्परागत चित्रकला शताब्दीऔंदेखि बनाउँदै आएको जानकारी दिए । प्राज्ञ दोङले भने, ‘वागमती प्रदशेमा मात्रै सीमित रहेको यो कलालाई सातै प्रदेशमा पु¥याउने लक्ष्य राखेर गण्डकी प्रदेशको वालिङमा प्रदर्शनी गरेका हौं ।’
अग्रज कलाकार उदयचरण श्रेष्ठले परम्परागत कलाले नेपालीपनलाई विश्वमा चिनाउन सकेको बताउँदै अहिले प्रतिष्ठानले सातै प्रदेशमा प्रदर्शनीको आयोजना गरेर राम्रो काम गरेको भनाइ राखे । उनले यसको व्यापकताका लागि प्रतिष्ठान, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पहल लिनुपर्ने बताए । कलाकार श्रेष्ठले भने, ‘नेपाली परम्परागत चित्रकलाको काठमाडौं उपत्यकामा प्रदर्शनी भइरहे तापनि उपत्यका बाहिर प्रदर्शनी गरी कला चेतना गाउँ–गाउँसम्म पु¥याउन प्रतिष्ठानले भूमिका खेलेको छ ।’ अर्का कलाकार पूर्णप्रसाद ह्योजुले परम्परागत कलालाई देशव्यापी रुपमा चिनाउन यो प्रदर्शनीले सहयोग पु¥याएको बताए । उनले आगामी दिनमा प्रतिष्ठानले परम्परागत कलाको प्रशिक्षण, कार्यशाला, गोष्ठी तथा प्रदर्शनीलाई अझै व्यापक ढंगले अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
साहित्यकार लक्ष्मी रेग्मीले कला र साहित्यको महत्वका विषयमा चर्चा गर्दै समाज रुपान्तरण यसको महत्व विशेष रहेको बताए । उनले प्रदर्शनी अवलोकनपश्चात् कलाप्रतिको आमबुझाइमा परिवर्तन आउने धारणा व्यक्त गरे । उनले भने, ‘कलापारखी, विद्यार्थी, आमदर्शकले कलाको गहिराइ, त्यसको आयाम, मौलिकता र शैलीका बारेमा बुझ्न निकै सजिलो यो प्रदर्शनीले बनाएको छ ।’ वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाका संयोजक तथा साहित्यकार मिलन समीरले कला र साहित्यलाई सँगसगै लैजाने अभिप्रायका साथ प्रदर्शनीको आयोजना गरिएको बताए । उनले वालिङमा भएको यो प्रदर्शनीले नेपाली कलाप्रतिको दृष्टिकोणलाई फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । समीरले भने, ‘स्याङ्जाको लोक साहित्य, कला, संस्कृति र परम्परामा जागरण ल्याउन यी र यस्ता अर्थपूर्ण कार्यक्रम नियमित रुपमा गरिनुपर्दछ । त्यसका लागि स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्दछ ।’
कार्यक्रममा कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले कलाप्रतिको सामाजिक दृष्टिकोणलाई सकारात्मक रुपमा अगाडि बढाउनुपर्ने बताए । नेपालको हिमाली भेग, पहाडी भाग तथा काठमाडौ उपत्यकाभित्र सिर्जना भएको यो कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वको बारेमा चर्चा परिचर्चा गर्ने हेतुले प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको प्राज्ञ बुद्धिबहादुर गुरुङले बताए । उनले प्रतिष्ठानको परम्परागत शिल्पकला विभागद्वारा स्याङ्जाको वालिङमा दुईदिने नेपाली परम्परागत कलाका दिवंगत अग्रज र वर्तमानका चर्चित कलाकारको चित्रकला प्रदर्शनी गरेको जानकारी दिए । उनले भने, ‘कलाको विकासविना समाज र राज्यको विकास नहुने महशुस गरी हामीले स्थानीय संघसंस्थाहरुको संयोजनमा मोफसलमा पनि कलाको विकास हुनुपर्ने महशुस गरी प्रदर्शनीको आयोजना गरेका हौं ।’ उनले देशका सातै प्रदेशमै परम्परागत चित्रकलाको प्रदर्शनी तथा प्रचार प्रसार गर्ने लक्ष्य राखेर कार्यक्रम गरिरहेको बताए ।
प्रदर्शनीमा सहभागी कलाकार रत्नगोपाल सिंख्वालले काठमाडौं बाहिर गरिएको यस प्रदर्शनीले पौभा थाङ्का कला र कलाकारलाई चिनाउने काम गरेको बताए । साहित्यकार शम्भु अर्यालले चित्रहरु हेर्दै कलाकारसँगको प्रत्यक्ष कुराकानीले कला बुझ्न निकै सघाउ पुगेको बताए । उनले एउटा कलाकृति सिर्जना गर्न महिनौं तथा वषौँ लाग्ने भए पनि आफ्नो ठाउँमै बहुमुल्य कलाकृति हेर्न पाउनु गौरवको विषय भएको विचार व्यक्त गरे ।
साहित्यकार श्याम ढुंगानाले नेपालका मौलिक कला हेर्न र त्यसका बारेमा प्रत्यक्ष जानकारी लिन पाउनु निकै गर्वको कुरा भएको भनाइ व्यक्त गरे । उनले अझै यस किसिमका कलालाई आमविद्यार्थी, शिक्षक तथा पारखीमाझ लैजानुपर्नेमा जोड दिए । ढुंगानाले भने, ‘यहाँका बौद्धिक वर्ग तथा विद्यार्थी कला सिर्जनामा इच्छुक रहे पनि कलाको संस्कार र शिक्षा दिन पाएका छैनौं ।’ उनले यो दुईदिनको प्रदर्शनीले विद्यार्थीको हृदयमा कलाको वृद्धिविकास गर्न सहयोग पु¥याए पनि प्रतिष्ठानले हप्ता दश दिनको प्रशिक्षणात्मक कार्यशाला तथा अन्तत्र्रिmया गर्नुपर्ने औल्याए । प्रदर्शनीमा सहभागी कलाकार सुन्दर सिंख्वालले वालिङमा भएको प्रदर्शनीमा कलापारखी, विद्यार्थी तथा अन्य व्यक्तिले परम्परागत कलाप्रति निकै चासो राखेको बताए । उनले भने, ‘दर्शकको उत्साहजनक उपस्थितिले नेपाली कलाप्रतिको रुचि निकै रहेको र त्यसका लागि अझै धेरै प्रदर्शनी, कार्यशाला तथा प्रशिक्षणको आवश्यकता महशुस गरेका छौं ।’ प्रशिक्षण तथा अन्तरक्र्रियात्मक रुपमा आयोजना गरिएको प्रदर्शनीमा कलाकार, समाजसेवी, साहित्यकार, विद्यार्थी लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
प्रदर्शनी, प्रशिक्षण तथा अन्तक्र्रियात्मक कार्यक्रमको स्थानीय संयोजन वालिङ प्रज्ञा प्रतिष्ठान र वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाले गरेका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कर्मचारी विजय खत्रीले प्रदर्शनीमा दिवंगत प्रसिद्ध कलाकारहरु आनन्दमुनि शाक्य, सिद्धिमुनि शाक्य, धनबहादुर चित्रकार, माणिकमान चित्रकार, दीपककुमार जोशी र ज्ञानकार बज्राचार्यका राखिएको जनाए । उनका अनुसार प्रदर्शनीमा प्राज्ञ मानबहादुर दोङ, सूर्यबहादुर चित्रकार, लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजू, मुक्तिसिं थापा, न्हुछेकाजी बज्राचार्य, निमा लामा घ्याम्छो, रत्नगोपाल सिंख्वाल, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, दिनेशचरण श्रेष्ठ, उजय बज्राचार्य, पाल्साङ्मो लामा, सुदर्शन सुवाल, हरिप्रसाद वैद्य, सुरेन्द्रमान शाक्य, राजप्रकाश तुलाधर, रामप्रकाश श्रेष्ठ, देवेन्द्र सिंख्वाल, अमृत डंगोल, कृष्णराम धेमसु, रितेश शाही, रवि श्रेष्ठ, भूमिराज चौलागाई, समुन्द्रमान सिंह श्रेष्ठ, जिग्मे तामाङ (मुगुम) र पुरण ह्योजूले बनाएका पौभा तथा थाङ्का राखिएको छ ।
प्रतिक्रिया