किसान संघद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल किसान संघले नेपाली कांग्रेस र सुदूरपश्चिम प्रदेशका अग्रणी व्यक्तित्व गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । पूर्वसांसद जोशीको यही माघ २८ गते निधन भएको हो ।

संघका सभापति भानुभक्त सिग्देलले आज विज्ञप्तिमार्फत संघका संस्थापक नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र संघको सङ्गठन निर्माणमा जोशीको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सभापति सिग्देलले उनको अवसानले नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा योद्धा र संघले आफ्नो अभिभावक गुमाएको बताएका छन् ।

प्रतिक्रिया