उद्यमीका लागि एनसेलको ‘बिजप्लस’प्लान

काठमाडौ । उद्यमीका लागि एनसेलले बिजप्लस प्लान ल्याएको छ । भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवा समावेश गरिएको यी प्लानले उद्यमी, व्यावसायीलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्यप्राप्तिका लागि योगदान गर्ने कम्पनीले जनाएको छ । नयाँ बिजप्लस प्लान साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यलयलाई लक्षित गरी ल्याइएको हो । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायले ३० दिनका लागि कर बाहेक १ सय ४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्ने छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक २ सय ९९ रुपैया बाट सुरु हुने प्लान सुचारु गर्न सक्ने पनि एनसेलल जनाएको छ ।

नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका दुई निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधा पाउने कम्पनीले जनाएको छ । यसका साथै बिजप्लानप्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवा, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाको फाइदालिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया